३ कार्तिक २०८३, मंगलबार

दुई करोड अडिओ प्रकरण: रवि आफैँले अख्तियारमा उजुरी दिने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रूपैयाँ मागेको प्रकरणमा सभापति रवि लामिछाने आफैँले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिने भएका छन् ।

चुनावी प्रचारका क्रममा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले भ्रष्टहरूलाई जोगाउने आफ्नो पार्टी नरहेको भन्दै अख्तियारमा आफैँ गएर उजुरी दिने बताएका हुन् ।

भ्रष्टाचारमा लागेको व्यक्तिलाई जनताको बीचमा कठालो समातेर ल्याउने उनले बताएका छन् ।

‘कसैलाई बचाउनु छैन । मेरै नजिकका मेरै वरपर बसेका मान्छेहरूलाई आरोप लागेको छ । आज म आफैँ अख्तियारमा निवेदन दिनेछु । मेरै वरपर भएका ती मान्छे को हुन् ? छानबिन गर्नु, कारबाही गर्ने जिम्मा हामी पनि लिन्छौँ । सबैभन्दा ठूलो कारबाही गर्नू, निर्मम भएर कारबाही गर्नु भनेर हामीले भनेका छौँ । म थाकेको छैन । हैरान अवश्य भएको छु । तर, पनि हरेक प्रहारलाई सहन सक्ने क्षमता राख्नुपर्छ,’ उनले भने ।