
काठमाडौं, २७ चैत । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको अडिओबारेमा छानबिन हुने बताएका छन् ।
सोमबार बिहान चितवन पुगेका श्रेष्ठले अडिओबारे छानबिन हुने बताएका हुन् ।
रास्वपाका सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडिओ आइतबार सार्वजनिक भएको थियो । ‘दुई करोडको कुरा आएको छ ।
‘अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यहीअनुसार अघि बढ्ने कुरा हुन्छ,’ मन्त्री श्रेष्ठले भने ।















प्रतिक्रिया