
काठमाडौं, २७ चैत । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ)को अध्यक्षमा टुका हमाल सर्वसम्मत चयन भएकी छन् । काठमाडौंमा जारी संघको सातौँ राष्ट्रिय महाधिवेशनले हमाललाई अध्यक्षमा चयन गरेको हो ।
यसैगरी संघको उपाध्यक्षमा शर्मिला कार्की, डा. बिमला राई पौडेल, रुक्मणी राना, मेनुका काफ्ले, मेनुका पोखरेल, सुमित्रा बिसी र महासचिवमा पेम्वा लामालाई चयन गरेको हो ।
संघको उपमहासचिवमा शान्ति अधिकारी, कोषाध्यक्षमा ईन्दिरा फुँयाल निर्विरोध निर्वाचित भएका छन् । सचिवहरूमा विणा राई, विना साह, शारदा कुमाल, नरदेवि पुन, विना ज्ञवाली, मीना रखाल र आशा बिक निर्वाचित भएका छन् ।
महाधिवेशनले एक जना अध्यक्ष, छ जना उपाध्यक्ष, एक जना महासचिव, एक जना उपमहासचिव, सात जना सचिव र एक जना कोषाध्यक्ष सहित १७ जना पदाधिकारीको टुंगो लगाएको हो ।
यसैगरी केन्द्रीय कमिटीको सदस्यको नामको टुंगो भने आज लगाउने तयारी रहेको अनेमसंघले जनाएको छ । संघमा १७ पदाधिकारीसहित २ सय २५ जनाको केन्द्रीय कमिटी बन्ने बताइएको छ ।












प्रतिक्रिया