
काठमाडौं, २७ चैत । मिटरब्याज पीडितहरुको दोस्रो समूह र सरकारी टोलीबीच आज सोमबार पुनः वार्ता हुँदैछ ।
हिजो आइतबार शान्तिबाटिकास्थित मिटरब्याजी पीडित रहेको स्थानमा पुगेर सरकारी वार्ता टोलीले छलफल गरे पनि सहमति नभए पछि आज पुनः वार्ता हुन लागेको हो ।
वार्ता बिहान १० बजे गृह मन्त्रालयमा हुने सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते पाँच बुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरब्याजी पीडित संघर्ष समितिले छ बुँदे माग राखेका छन् ।
मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषणा गर्नुपर्ने, आफूहरु विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागार गएकाको रिहाइ बैंकिङ कसुरका मुद्दा खारेज तथा मिटरब्याजीको सम्पत्ति छानबिन लगायतको माग आफूहरुको रहेको संघर्ष समितिका संयोजक अवदेश कुशवाहले बताए ।












प्रतिक्रिया