
काठमाडौं, २६ चैत । सर्वोच्च अदालतले सन्दीप लामिछानेविरूद्वको बलात्कार मुद्वामा मेडिकल गर्ने डाक्टर र साहब आलमको बकपत्र गराउन आदेश दिएको छ ।
आइतबार भएको सुनुवाइमा सर्वोच्चले दुई जनाको बकपत्र गराउन माग गरेको हो ।
गत कात्तिक २९ गते न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उच्च अदालत पाटनले बदर गरेपछि सन्दीप धरौटीमा रिहा गरेको थियो ।
सर्वोच्च अदालतले पनि उच्च अदालतको निर्णय सदर गर्दै क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो।















प्रतिक्रिया