
काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडिओ आफ्नो नभएको बताएका छन् ।
अडिओ सार्वजनिक भएपछि श्रेष्ठले पार्टीको म्यासेन्जर ग्रुपमा अडिओ आफ्नो नभएको र दुर्गा प्रसाईलाई पनि नचिन्ने सन्देश पठाएका हुन् ।
अडियोको स्वर आफ्नो नभएको उनले पार्टीलाई पठाइको सन्देशमा भनेका छन् ।
‘म दुर्गा प्रसाईंलाई चिन्दिनँ, कहिल्यै उहाँसँग पैसा मागेको छैन’, उनले पठाएको सन्देशमा भनेका छन् ।
पार्टीले उनलाई निलम्बन गरेर छानबिन अगाडि बढाएको छ ।















प्रतिक्रिया