
काठमाडौं, २६ चैत । प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका चार जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आज आइतबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरू सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
उनीहरूलाई नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत २४ गते बसेको बैठकले पदोन्नति गरेको थियो ।
















प्रतिक्रिया