३ कार्तिक २०८३, मंगलबार

पूर्व सांसदसहित ६५ जना एमालेमा प्रवेश

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । बर्दियामा पूर्व सांसदसहित ६५ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मिसन ग्रासट्टट अभियानअन्तर्गत मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पूर्व संघीय सांसद चिरञ्जीवी थारुसहित जसपाबाट ६ जना एमालेमा प्रवेश गरेका हुन् ।

अरु पार्टीमा भविष्य नभएको र देश बनाउने पार्टी नेकपा एमाले नै भएकाले एमालेमा प्रवेश गरेको थारूले बताए । त्यसैगरी नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य एवं जनजाति महासङ्घका केन्द्रीय सदस्य तारा थापा मगरसहित ३० जना एमालेमै फर्किएका छन् ।

त्यसैगरी नेपाली काँग्रेस पार्टी परित्याग गरी ४ जना एमालेमा प्रवेश गरेका हुन् भने २५ जना नेकपा माओवादी केन्द्र लगाएतका पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

एमालेमा प्रवेश गरेका नेता कार्यकर्तालाई पार्टी सचिव टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्य डा राजन भट्टराई र पोलिटब्युरो सदस्य शान्ता चौधरीले स्वागत गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रायमाझीले देशको संरक्षण गर्ने र देशको हितमा काम गर्ने पार्टी नेकपा एमाले मात्र भएको बताए ।