३ कार्तिक २०८३, मंगलबार

पूर्वी रूकुममा दुई किशोरीले गरे दुई बालिकाको हत्या

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । पूर्वी रूकुममा दुई बालिकाको हत्या भएको छ । पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर-३ रन्मामा दुई बालिकाको हत्या भएको हो ।

हत्या आरोपमा प्रहरीले दुई जना किशोरीलाई पक्राउ गरेको छ । ७ वर्षीया कालीमाया बुढा र उनकी ८ वर्षीया दिदी रिना बुढा बिहीबार मृत फेला परेका थिए ।

सिस्नो टिप्न जंगल गएका बालिकाको सुन लुट्नका लागि छिमेकी नै रहेका १४ र १५ वर्षीया दुई किशोरीले हत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको छ । हत्या भएका २ बालिकाले एक तोला बराबरको सुनका गहना लगाएका थिए।

गत बुधबार सिस्नो टिप्न हिँडेका दिदीबहिनी घर नफर्किएपछि परिवार र आफन्तले खोजी गरेका थिए। बिहीबार बिहान घरबाट २ किलोमिटर पर झुपा खोला भीरमा उनीहरूको शव भेटिएको थियो।

हत्या गर्ने किशोरीहरु स्थानीय विद्यालयमा ६ र ७ कक्षामा पढ्छन्।  हत्यामा संलग्न दुई किशोरीलाई प्रहरीले सार्वजनिक गर्दैछ ।