
काठमाडौ, २६ चैत । ललितपुरस्थित पाटन क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघको विद्रोही उम्मेदवार सुशील विष्ट विजयी भएका छन् ।
कुल दुई हजार ६ सय ७९ मत खसेको मध्ये उनले ८ सय ४१ मत ल्याएका थिए । निर्वाचनमा नेवि सिंघले आधिकारिक उम्मेदारका रुपमा युवराज लामालाई उठाएको थियो । तर, उनले मात्रै तीन सय ४६ मत ल्याएका छन् ।
उनको निटतम प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार सरेश जोशीले ६ सय ७२ मत ल्याएका छन् । नेवि संघले जबरजस्ती लामालाई टिकट दिएपछि विष्ट विद्रोही उम्मेदवारका रुपमा निर्वाचनमा उठेका थिए ।
त्यस्तै, अखिल क्रान्तिकारीका उम्मेदवार विरेन्द्र मगरले ६ सय ३७ मत पाएका थिए । सभापति पदमा ६ उम्मेदवार प्रतिस्पर्दामा थिए । सभापतिको अन्य उम्मेदवार सन्तोष महर्जनले ८६ र अनिष महर्जनले ३३ मत पाएका थिए । मत गणना इलेक्ट्रोनिक भोटिङ मेसिनबाट भएको थियो । निर्वाचन शनिबार भएको थियो ।












प्रतिक्रिया