३० आश्विन २०८३, शुक्रबार

क्याम्पसहरूमा निर्वाचन नगरे सडक संघर्ष गर्ने अनेरास्ववियुको चेतावनी (विज्ञप्तिसहित)

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विभिन्न क्याम्पसहरूमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नगरे सडक संघर्ष गर्ने चेतावनी दिएको छ ।

विश्वविद्यालयको स्ववियु निर्वाचन गर्न बाँकी आङ्गिक तथा सामुदायिक क्याम्पसहरुमा तत्काल निर्वाचन नगरे सडक संघर्षमा जान बाध्य हुने संगठनका अध्यक्ष समिक बडालले जानकारी दिएका छन् ।

बडालले आज शनिबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनविरोधी सत्ता गठबन्धन र गठबन्धननिकट विद्यार्थी संगठनहरूको गैरजिम्मेवारपनविरुद्ध संघर्षमा उत्रिने बताएका हुन् । विद्यार्थी आन्दोलनको बिरासत स्ववियु जोगाउन सडक संघर्षमा उत्रिनुको विकल्प आफूहरूसँग अब नरहेको उनको भनाए छ ।

‘अनेरास्ववियुको पक्षमा विद्यार्थीहरुको माहोल देखेर अत्तालिएका सत्ताधारी दलका छायाँ संगठनहरुलाई जिताउने प्रपञ्च पूरा नहुँदा निर्वाचन भाँड्ने नाङ्गो नाचमा प्रहरी प्रशासन सरकारको मतियार बनेर प्रस्तुत भएको छ । सरकारको यो लोकतन्त्रविरोधी हर्कतको हामी घोर भत्र्सना गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

साथै यथाशीघ्र क्याम्पसमा निर्वाचनको प्रक्रिया अघि बढाउन जोडदार माग गर्दै अनेरास्ववियुले भनेको छ, ‘निर्वाचनविरोधी सत्ता गठबन्धन र गठबन्धन निकट विद्यार्थी संगठनहरूको गैरजिम्मेवारपनविरुद्ध विद्यार्थी आन्दोलनको बिरासत स्ववियु जोगाउन सडक संघर्षमा उत्रन सम्पूर्ण न्यायप्रेमी विद्यार्थी साथीहरुलाई हार्दिक अपिल गर्न चाहन्छौँ ।’

हेर्नुहोस् विज्ञप्ति–