
काठमाडौं, २५ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र कुनै किसिमको गुटबन्दी नरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीमा अहिले सबै एकजुट रहेको बताएका हुन् ।
आफ्नो स्वार्थका लागि यताउता कुरा गर्दै नहिँडन पनि ओलीले आग्रह गरे ।
‘आजको एमाले भित्र कुनै पनि किसिमको गुटबन्दी छैन। त्यहाँ प्रतिपक्ष छैन। सब एकजुट छ । स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस्। खेल्न खोजे झैं त्यस्तो खालको नगर्नुहोला,’ अध्यक्ष ओलीले भने ।
एमालेलाई समाप्त पार्न खोज्दा अनेमसंघले ढाल बनेर बचाएको बताए ।
‘दुनियाँ लागेर, घेरेर, छेकेर, चक्रव्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर, कसैले एमाले विरुद्ध तरबार चलायो भने महिला दिदीबहिनीहरुले ढाल बनेर छेकेका छन्,’ उनले भने, ‘अनमेसंघ र अरु संगठनहरु सक्रिय छन,’ उनले भने ।















प्रतिक्रिया