३ कार्तिक २०८३, मंगलबार

एकीकृत समाजवादी छोडेका न्यौपाने एमालेमै फर्कने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरेको नेता मुकुन्द न्यौपाने नेकपा एमालेमै फर्कने भएका छन् ।

उनले एस परित्याग गरेको बताउँदै एमालेमा प्रवेश गर्ने जानकारी गराएका हुन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले पार्टीका शीर्ष नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी सुधारका लागि आफूले ३३ बुँदे लिखित सुझाव दिएपनि उल्टै आफूलाई स्पष्टीकरण सोधिएको उनले बताए । उनले आफूमात्रै नभएर पार्टीभित्रका अन्य नेताहरुको पनि असन्तुष्टि रहेको बताए । ।

उनले देशभरका नेता कार्यकर्तालाई एकजुट पारेर एमालेसंग एकता गर्ने तयारी भइरहेको जानकारी दिए ।