३ कार्तिक २०८३, मंगलबार

भविष्य नभएको पार्टीको नेता भइरहन नसकेपछि नेकपा एस छोडेँ, समूहसहित एमाले प्रवेश गर्छौँ : मुकुन्द नेउपाने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता मुकुन्द नेउपानेले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेका छन् ।

शनिबार पत्रकार सम्मेलन गर्दै नेउपानेले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

आफूले २०७९ साल माघ २१ र २२ गते को केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणासहित ३३ बुँदे फरक मत राखि छलफलका लागि माग गरेकामा हालसम्म पनि छलफल नभएको उनले बताएका छन् ।

भविष्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु महत्वपूर्ण कुरा भएको नेउपानेले उल्लेख गरेका छन् ।

‘म जस्तो विगत ५४ वर्षको राजनितिक जिवनमा यात्रा गरेको कम्यूनिष्ट कार्यकर्ता विधि, प्रक्रीया र सांगठनिक ढाँचा अनुरुप पार्टिको सदस्य भएर बस्तु भन्दा देशको असल नागरिक भएर बस्नु उचित हुनेछ भन्ने सोचका साथ लेनिनले १९१७ मा भनेका वाक्य स्मरण गर्दै भविष्य नभएको पार्टीको नेता हुन भन्दा सम्मानित नागरिक भएर जिउनु जिवनको लागि महत्वपूर्ण कुरा हो भन्ने अभिशाखलाई आत्मसाथ गर्दै म आजका मिति २०७९ साल चैत्र २५ गतेका दिन देखि यस पार्टीको साधारण सदस्य समेत तथा सम्पुर्ण पार्टि जिम्मेवारी परित्याग गरेको घोषणा गर्दछु।’ न्यौपानेले भनेका छन् ।

नेकपा एस परित्याग गर्दै उनले अब नेता तथा कार्यकर्ताहरूको समूहसहित नेकपा एमालेमै फर्किने उद्घाृष पनि गरेका छन् । उनले नेकपा एस परित्याग गरेको बताउँदै एमालेमा प्रवेश गर्ने जानकारी गराएका हुन् ।

नेकपा एसका शीर्ष नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी सुधारका लागि आफूले ३३ बुँदे लिखित सुझाव दिएपनि उल्टै आफूलाई स्पष्टीकरण सोधिएको उनले बताए । उनले आफूमात्रै नभएर पार्टीभित्रका अन्य नेताहरुको पनि असन्तुष्टि रहेको बताए ।

उनले देशभरका नेता कार्यकर्तालाई एकजुट पारेर एमालेसँग एकता गर्ने तयारी भइरहेको जानकारी दिए ।

हेर्नुहोस् विज्ञप्ति–