
काठमाडौं, २५ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शनिबार बिहान सरकार र नेताहरूप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिमा नेकपा एमाले महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन् ।
पोखरेलले सामाजिक सञ्जालमार्फत नै आपत्ति जनाएका हुन् । पोखरेलले बालेको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैलाने नियोजित प्रयास भइरहेको संकेत गरेको बताएका छन् ।
जिम्मेवारी सम्हालेर बसेका व्यक्ति जिम्मेवार र जवाफदेही बन्नुपर्ने उनले बताएका छन् ।
‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ। जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ,’ उनले लेखेका छन्।















प्रतिक्रिया