३ कार्तिक २०८३, मंगलबार

एक्सन मुडमा बालेन: प्रहरीलाई चेतावनी दिँदै भने- बाटो मिचेर बनाइएका बिट आफै भत्काउनू नत्र…

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह शनिबार बिहान एकाएक आक्रमक देखिए ।

सामाजिक सञ्जालमाफर्त बालेन सरकार र नेताहरुप्रति आक्रोशित बनेको हुन् । उनले फोहोरमा राजनीतिकरण भएको भन्दै नेताहरुलाई सिसडोलमा लगेर डम्प गर्नुपर्नेसमेतको अभिव्यक्ति दिए ।

त्यसपछि पुन सरकारप्रति आक्रोशित हुँदै इन्डिया र चाइनाले बनाएको सरकारको इज्जत नगर्ने अभिव्यक्ति दिए । त्यसलगत्तै फेरि बालेनले प्रहरीलाईसमेत चेतावनी दिएका छन् । उनले काठमाडौं महानगरपालिका क्षेत्रभित्र सडकपेटी र सडकमा पर्ने प्रहरी बिट भत्काउन नभए महानगरले भत्काउने चेतावनी दिएका हुन् ।

नेपाल प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको उनले बताएका छन् ।

‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ। यो नियम सर्वसाधारणका लागि मात्रै होइन, सबैका लागि हो र हुनु पर्छ । कानून कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ। त्यो संरचना प्रहरी आफैले हटाउनुहोला,’ उनले लेखेका छन् ।

उनले महानगरपालिकाभित्र १९ प्रहरी बिटले बाटोमा संरचना बनाएको उल्लेख गरेका छन् ।