३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई केसर स्वीट्स एण्ड फुड्समा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, २५ चैत । एन आई सी एशिया बैंकका ग्राहकलाई केसर स्वीट्सस एण्ड फुड्समा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका छन्।

काठमाडौँस्थित पशुपति प्लाजामा रहेको केसर स्वीट्स एण्ड फुड्समा मिठाई खरिदमा ग्राहकले १० प्रतिशत छुट पाउने भएका हुन्।

त्यसका लागि दुई संस्थाबीच सम्झौता गरिएको छ। सम्झौतामा बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र केसर स्वीट्स एण्ड फुड्सको तर्फबाट सह–संस्थापक प्रिया तयालले हस्ताक्षर गरेका छन्।

एन आई सी एशिया बैंकमा खाता भई मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक र बैंकका कर्मचारीहरूले उक्त छुट पाउने छन्।