१ कार्तिक २०८३, शनिबार

पेरिस ओलम्पिक महिला फुटबल: आज नेपाल र भियतनाम भिड्दै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । काठमाडौंमा जारी पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा आज नेपाल र भियतनाम भिड्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालले बलियो राष्ट्र भियतनामसँग खेल्नेछ ।

नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाललाई भियतनामले ५(१ गोल अन्तरले हराएको थियो । भियतनाम आज उक्त जितलाई कायम राख्न चाहन्छ ।

नेपाल भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।