
काठमाडौं, २५ चैत । गैर आवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले नाागरिकताको निरन्तरतालाई पूर्ण अधिकारसहितको नागरिकताको लागि अभियान अगाडि बढाउनु पर्ने बताएका छन् ।
विदेशबाट नेपाल आउन चाहनेलाई बाटो बन्द गर्ने होइन पूर्ण अधिकारसहितको नागरिकता दिलाउनु पर्ने उनको भनाई छ ।
उनले भने ‘अहिले हामीले गैर आवासीय नेपाली नागरिकता भनिएता पनि नागरिकताको निरन्तरतालाई पनि पूर्ण अधिकार सहितको नागरीकता पाएको छैन । हामीले हाम्रा नागरिकलाई विदेशबाट आउँछु भन्नेलाई बाटो बन्द गर्ने होइन उहाँहरुलाई पूर्ण अधिकारसहितको नागरिकता दिनको लागि संघको कार्यक्रम निरन्तर चलाउने छौं ।’
अध्यक्ष केसीले राजनीतिक परिवर्तन आउँदा विदेशीले पाउने नागरिकता कथा मात्र हो की ? भन्ने अन्यौलमा नरहनको लागि पनि आग्रह गरे ।















प्रतिक्रिया