
काठमाडौं, २४ चैत । पैसा खुवाएर नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एकजना तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २७ वर्षीया निमा ल्हामो गुरूङ रहेकी छिन् । उनले पाँचलाख रूपैयाँ खुवाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएको खुलेको हो ।
२ वर्षअघि तिब्बतबाट भारतको बाटो हुँदै नेपाल प्रवेश गरेकी उनले बौद्ध टुसालमा रहेको शरणार्थी क्याम्पमा बसोबास गर्ने कृष्णबहादुर कटुवालमार्फत नागरिकता लिएको खुलेको प्रहरीले बताएको छ ।
प्रहरीले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउन संलग्न कटुवालसहित ५ जनालाई यसअघि नै पक्राउ गरिसकेको छ ।















प्रतिक्रिया