
काठमाडौं, २४ चैत । नेपाली सेनाको साइबर स्पेसमा अनधिकृत पहुँच पुरर्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको वालिङ्ग नगरपालिका–१० घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१६ बाटुलेचौर डेरा गरी बस्ने २१ वर्षीय सागर ढकाल छन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले उनलाई बाटुलेचौरबाटै पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार उनले नेपाली सेनाको साइवर स्पेसमा हमला गर्ने उद्देश्यले विभिन्न समयमा साइबर हमला गर्दै आएका थिए ।
घर धनीको नाममा रहेको इन्टरनेट प्रयोग गर्दै आएका उनले साइबर स्पेसमा हमला गरेपछि पक्राउ गर्न नेपाली सेनाले प्रहरीको सहयोग मागेको थियो ।
सेनाको पत्राचारपछि खटिएको टोलीले साइवर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ ।















प्रतिक्रिया