३० आश्विन २०८३, शुक्रबार

विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन राष्ट्रिय नीति ल्याउँदै सरकार (भिडिओ)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय नीति ल्याउन लागेको बताएका छन् ।

आज शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा उनले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति ल्याउन लागेको बताएका हुन् ।

नयाँ नीतिले विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरेका छन् । उनले अझै पनि धेरै क्षेत्र विज्ञापन संघको दायराभन्दा बाहिर रहेको भन्दै व्यवसायीहरुको दायरामा ल्याउन आवश्यक रहेको बताए ।

मन्त्री रिजालले नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरु बेच्ने गरेपनि विज्ञापन आउन नसकेको बताउँदै त्यसलाई पनि कानुनी दायरामा ल्याएर आवश्यक रहेको चर्चा गरे । उनले विज्ञापनको क्षेत्रमा आफूलाई सबै विषय जानकारीमा नभएको भन्दै व्यवसायीहरुको सल्लाह सुझावको माग समेत गरे ।

मन्त्री रिजालले विज्ञापन व्यवसायीहरुलाई परेको समस्या समाधानका लागि सहयोग गर्न सरकार तयार रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय विज्ञापन संघ नेपालका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले देशभर छरिएर रहेका विज्ञापन एजेन्सीलाई एउटै मालामा गाँसेर सबैको हितका लागि सहकार्य गरेको बताए । नेपालमा रहेको बेरोजगारी समस्यालाई सम्बोधन गर्न मुलुममा विज्ञापन उद्योग स्थापना गर्नतर्फ अग्रसर हुनुपर्ने दायित्व संघको रहेको उनको भनाइ छ ।