३० आश्विन २०८३, शुक्रबार

सवारी दुर्घटनामा एकैदिन सात जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । विभिन्न ठाउँमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी एकैदिन सात जनाले ज्यान गुमाएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार रामेछाप, सप्तरी र कैलालीमा भएको दुर्घटनाबाट सात जनाले ज्यान गुमाएका हुन् ।

रामेछापका् मन्थली नगरपालिका–७ कौछेनी मानेखोपस्थित सडकमा मन्थलीबाट कौछेनीतर्फ जाँदै गरेको बा.११ च ५५३ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मन्थली नगरपालिका–७ कौछिनी बस्ने ८२ वर्षीय नन्दमाया भण्डारी समेत ४ जनाको घटनास्थलमै र सोही नगरपालिका कौछेनी बस्ने ५० वर्षीय दल बहादुर आले मगरको सामुदायिक अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका जिपमा सवारमध्ये ८ जनाको मन्थली अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई धुलिखेल अस्पताल काभ्रेमा र २ जनालाई अपाङ्ग अस्पताल जोरपाटी काठमाडौंमा थप उपचारको लागि पठाइएको छ ।

यस्तै, सप्तरीको बोदेबर्साइन नगरपालिका–२ बैरियास्थित सडकमा को.१७ प ९४७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–५ भाटिन बस्ने १७ वर्षीय सागर पंडितको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिवन ज्योति अस्पताल बोदेबर्साइनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, कैलालीको चुरे गाउँपालिका–६ ओखलढुङ्गास्थित सडकमा सुदूरपश्चिम प्र.०१००२ त ५२६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका आमथला बस्ने ३८ वर्षीय दान बहादुर सिजालीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।