
काठमाडौं, २३ चैत । नेकपा एमालेले करिब डेढ महिनायता सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियानअन्तर्गत पछिल्ला कार्यक्रमहरू समीक्षा र अनुगमनमा केन्द्रित हुन थालेका छन् ।
धेरैजसो पालिका र वडाहरूले सम्पन्न गरिसकेका कार्यक्रमहरूबारे समीक्षा र अनुगमनका लागि अनुगमनकर्ताहरू तोकिएका जिल्ला, पालिका र वडा तहमा पुगेका छन् ।
अनुगमनकर्ताहरूले जिल्लागत रूपमा प्रतिवेदन लिने र त्यसमाथि समीक्षा गर्ने कार्यहरू भइरहेको बताइएको छ ।
अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?
सिन्धुली
मिसन ग्रासरुट अभियानअन्तर्गत सिन्धुलीको सदरमुकाममा जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलामा पार्टी सचिव सचिव गोकर्ण बिष्टको पनि विशेष आतिथ्यता थियो ।

भेलामा पार्टी केन्द्रीय सदस्यहरू सरेश नेपाल, गणेश पहाडी, कमल जङ्ग राई, जिल्लाबाट प्रतिनिधित्व गर्नु हुने केन्द्रीय सल्लाहाकारहरू, प्रदेश कमिटीका सदस्यहरूसमेत उपस्थिति हुनुहुन्थ्यो ।
भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले नेपाली समाजको बदलिदो परिबेश र मनोबिज्ञानलाई आत्मासाथ गरेर नै मिसन ग्रासरुटलाई अघि बढाउन आग्रह गर्नुभयो ।
जुम्ला
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विदेशीको इसारामा बनेको गठबन्धनबाट मुलुक बन्न नसक्ने बताउनु भएको छ । मिसन ग्रासरूट अभियानअन्तर्गत नेकपा एमाले कर्णाली प्रचार बिभागले आयोजना गरेको कर्णाली प्रचार भेलामा उपमहासचिव गुरुङले विदेशीको पाउमा पर्ने वर्तमान गठबन्धन सरकारले मुकुलको हितमा कुनै काम नगर्ने टिप्पणी गर्नुभएको हो ।

कांग्रेसको पाउमा पर्ने पार्टी कम्युनिस्ट हुनै नसक्ने ठोकुवा गर्दै उहाँले कम्युनिस्ट आन्दोलनको गद्दार भएको धारणा राख्नुभयो । नेकपा एमालेले देश बनाउने नेतृत्वगरेको कारण नै देशी–विदेशी प्रतिक्रियावादीले घेराबन्दी गरेको तथ्य प्रस्तुत गर्दै उपमहासचिव गुरूङले कर्णालीका जनतालाई माओवादीले निरन्तर ठगीरहेको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्यद्वय गोरखबहादुर बोगटी र डा. शिबमाया तुम्बाहाम्फे, केन्द्रीय सदस्यद्वय बिष्णु रिजाल, नगेन्द्र शाही नेशनल, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले केन्द्रीय प्रचार बिभागका सचिव गगन बिष्ट, नेकपा एमाले जुम्ला जिल्लाका अध्यक्ष शान्तिलाल महत र एमाले केन्द्रीय प्रचार बिभागका सदस्य टीका बिष्टले धारणा राख्नुभएको थियो ।
काठमाडौं
नेकपा एमालेका सचिव गोकर्ण बिष्टले पार्टीभित्रको अन्तर सघर्षले नै पार्र्टीलाइ जिबन्त राख्ने हुँदा तथ्य र तर्कमा रहेर मात्र पार्टीभित्र आफ्नो बिचार राख्नुपर्ने बताउनु भएको छ ।

काठमाडौंको चन्द्रगिरीमा नेकपा एमाले चन्द्रागिरि नगरकमिटीद्वारा आयोजित एक दिवसिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सचिब बिष्टले पार्टीले देशब्यापी बनाएको मिसन ग्रासरुट अभियानले कार्यकर्ता र नेता सबैलाइ उत्साहित बनाएको बताउनुभयो ।
कैलाली
कैलालीको टिकापुरमा मिसन ग्रासरूट अभियानको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । पार्टी सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सचिव भट्टले नौ लाख सदस्य रहेको एमालेले चुनावमा बहुमत ल्याउन नसकेपछि अवस्था बुझ्न मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

सचिव भट्टले पार्टीका विचार, सिद्धान्त थाहा नपाई पद पाउन र धन्धा चलाउन लागेको व्यक्ति एमाले हुन नसक्ने भएकाले अब भौतिक उपस्थितिमा मात्रै सदस्यता नवीकरण गराउन लागेको र नयाँ सदस्यता विधानअनुसार मात्रै दिने व्यवस्था गर्न लागिएको जनकारी दिनुभयो । वर्तमान गठबन्धन सरकारका बारेमा टिप्पणी गर्दै सचिव भट्टले टाउकाको मूल्य तोक्ने र तोकाइ खाने एकै ठाउँमा धेरै दिन टिक्न नसक्ने र छिट्टै एमाले सरकार पक्ष हुनसक्ने पनि बताउनुभयो ।
कार्यक्रममा पोलिटव्यूरो सदस्य तथा अभियानका लागि कैलाली क्षेत्र नम्बर १ मा खटिनु भएकी नेता निरू पालले मिसन ग्रासरुट कार्यक्रममा आधा जति जिल्ला सदस्य र प्रदेश सदस्यहरू खटाइएको ठाउँमा नदेखिएको बताउँदै कार्यक्रममा नदेखिने र कागजमा सीमित पार्टी नेता आवश्यक नभएको धारणा राख्नुभयो । कार्यक्रममा टीकापुर नगर कमिटी अध्यक्ष ध्रुवराज खत्री, जोशीपुर इञ्चार्ज गणेश पाठक, एमाले भजनीका अध्यक्ष खडक बुढाले आफ्ना पालिकामा अभियानअन्तर्गत भएका गतिविधिबारे जानकारी गराउनु भएको थियो ।
स्याङजा
स्याङ्जाको पुतलीबजार नगरपालिकाको वडा नम्बर १० र ११ तथा वडा नम्बर ५ को वडास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अभियानका लागि केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका पार्टी पोलिटब्युरो सदस्य लिलाबहादुर थापा मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोलिट्ब्यूरो सदस्य मगरले पार्टी शुद्धीकरण र सुदृढीकरणको लागि सबै नेता तथा कार्यकर्ताको आत्मशुद्दिकरण जरुरी रहेको चर्चा गर्दै यस अभियानले पार्टी थप बलियो बन्ने बताउनुभयो । त्यसैगरी, गण्डकी प्रदेश उपसचिव रश्मि आचार्यले देशको सबै भन्दा ठूलो पार्टी नेकपा एमाले भएकोले यसका सदस्यहरू विकास अभियानमासमेत च्याम्पियन बन्न जरुरी रहेको बताउँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सबै इमान्दारिताका साथ लाग्नुपर्ने धारणा राख्नुभयो ।
वडा नम्बर ११ का अध्यक्ष जीवन प्रसाद पौडेलको अध्यक्षता बगालेटोलमा सम्पन्न कार्यक्रममा प्रदेश सचिवालय सदस्य राम बहादुर थापा, सुधिर कुमार पौडेल, जिल्ला सचिवालय सदस्य खड्क बहादुर सुवेदी लगायत नेताहरूले प्रशिक्षणमूलक भनाइ राख्नुभएको थियो । यस्तै, वडा नम्बर–५ का अध्यक्ष योगेन्द्रबहादुर कार्कीको अध्यक्षतामा पवैगौडामा सम्पन्न कार्यक्रममा प्रदेश सचिवालय सदस्य सुधिर कुमार पौडेल, जिल्ला सदस्य शुसिला शर्माले आफ्नो भनाई राख्नु भएको थियो ।
कास्की
मिसन ग्रासरूट अभियानअन्तर्गत कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १६ हरिपाउमा दुईवटा टोलको संयुक्त टोल प्रशिक्षण तथा भेला सम्पन्न भएको छ ।

महानगरका लागि केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका पार्टी केन्द्रीय सदस्य मायानाथ अधिकारीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
मकवानपुर
मिसन ग्रासरूट अभियानअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका कमिटीको समीक्षा बैठक सम्पन्न भएको छ । अभियानका लागि केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका पार्टी केन्द्रीय सदस्य कमलजंग राईको प्रमुख आतिथ्यता र चन्द्रबहादुर राईको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकले बाँकी वडा अधिवेशन बैशाख २ गते भित्र सक्ने, गाउँ पालिकाको अधिवेशन बैशाख १८ गते गर्ने, जनवर्गिय संगठनहरूको गठन पुनर्गठन तथा भेला बैशाख ७ गते भित्र गरी सक्ने निर्णय गरेको छ । यस्तै, वडा नम्बर ८ को पार्टी सदस्यता नवीकरण ९७ प्रतिशत सम्पन्न भएको जानकारी दिइएको छ । बैठकमा बागमती प्रदेश सदस्य देबराज रिमाल, पद्मा पौडेल, दिलबहादुर घिसिंङ लगायतका नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।
यसैबीच, अभियानअन्तर्गत बागमती गाउँपालिका कै वडा नम्बर ७ मा पनि वडास्तरीय प्रशिक्षण कार्यक्रम तथा वडा भेला सम्पन्न भएको छ । पार्टी केन्द्रीय समिति सदस्य विषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष तथा वडा अध्यक्षसमेत रहनुभएका होमप्रसाद बजगाईको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलामा वडाका १० वटै टोल कमिटीका अध्यक्षहरूले अभियानकोबारेमा रिपोर्टिङ गर्नुभएको थियो
रामेछाप
मिसन ग्रासरूट अभियानअन्तर्गत रामेछापको मन्थली नगरपालिका, खाँडादेवी र गोकुलगंगा गाउँपालिकाका विभिन्न वडामा भेला र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । खाँडादेवी गाउँपालिका– ९ पिङखुरीमा पनि भेला तथ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य कपिलदेव पोखरेलको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा वाग्मती प्रदेश कमिटी सदस्य ज्ञानकुमार श्रेष्ठ, पालिका कमिटी अध्यक्ष पुष्कर कार्की लगायतले मन्तव्य राख्नु भएको थियो । यस्तै, बागमती प्रदेश कमिटी सदस्य रत्न गौतमको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष खुसहरि बुढाथोकीको अध्यक्षतामा मन्थली नगरपालिका–१२ गेलु शिक्रालमा पनि कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य आनन्द श्रेष्ठ, प्रदेश कमिटी सदस्य कृष्णहरि अधिकारी, लब श्रेष्ठ, जिल्ला कमिटी उपसचिव प्रकाशकुमार कार्की र होतराज ढकाल लगायत नेताहरूले मन्तव्य राख्नुभएको थियो । सोही क्रममा खुसहरी बुढाथोकीको अध्यक्षतामा पार्टी कमिटी पुनर्गठन समेत गरिएको छ ।
यता, गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पनि वडा भेला सम्पन्न भयो । बाग्मती प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेलको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष चेतबहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वाग्मती प्रदेश कमिटी सदस्य खड्ग सुनुवार, दीपशिखा दाहाल लगायत नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।















प्रतिक्रिया