३० आश्विन २०८३, शुक्रबार

नेपाली राष्ट्रिय क्रिकेट टोलीको चिकित्सकमा डा. अभिषेकराज सिंह नियुक्त

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलोपटक आधिकारिक चिकित्सक पाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले डा. अभिषेकराज सिंहलाई क्रिकेट टोलीको मेडिकल संयोजकमा नियुक्त गरेको हो ।

सङ्घका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकलसम्बन्धी सम्पूर्ण कुराको सहजीकरण गर्ने उद्देश्यले डा. सिंहलाई मेडिकल संयोजकमा नियुक्त गरिएको हो ।

यसअघि राष्ट्रिय क्रिकेट टोलीमा निजी चिकित्सक थिएनन् । नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो स्थान जोगाउन सफल भएलगत्तै सङ्घले डा. सिंहलाई मेडिकल को-अर्डिनेटर नियुक्त गरेको हो ।

सचिव पाठकले राष्ट्रिय क्रिकेट टोलीका लागि चिकित्सक नियुक्त भएपछि खेलाडीमा भरोसा वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । डा. सिंहले आफ्नो अनुभवलाई राष्ट्रिय क्रिकेट टोलीका लागि भरपुर सदुपयोग गर्ने बताएका छन् ।