३० आश्विन २०८३, शुक्रबार

थप ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमितको संख्या साढे तीन सय नाघ्यो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४०२ जनाको स्वाब परीक्षण गर्दा ८५ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा २७२ जनाको पीसीआर परीक्षण गर्दा ६३ जना र एक हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन ९८ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा २७ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या ३५८ जना छ । सक्रिय सङ्क्रमितमध्ये १७ जना आइसोलेसन, ४ जना आईसीयू र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

कारोना संक्रमणका कारण हालसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।