३० आश्विन २०८३, शुक्रबार

अर्थतन्त्र सदृढ बनाउन आगामी बजेट केन्द्रित हुनेछ : अर्थमन्त्री महत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिएका नुभएको छ ।

‘नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने नै हुनेछ,’ उनले भने ।

सम्पादक समाजका पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री डा. महतले सत्तागठबन्धन दलबीचको सहमतिमा सरकारको न्यूनतम साझा कार्यक्रमका आउने जानकारी दिए ।

समाजका पदाधिकारीले अर्थमन्त्री डा. महतलाई भेट गरी बधाई एवम् कार्यकालको शुभकामना दिएका थिए ।

सो अवसरमा समाजका संरक्षक किरण वैद्य, अध्यक्ष पुरु रिसाल, वरिष्ठ उपाध्यक्ष पुष्पराज प्रधान, महासचिव श्यामकाजी डोटेल, सचिव नारायण उपाध्याय, सदस्यद्वय विष्णुप्रसाद नेपाल र माधव दुलाल सहभागिता थियो ।