३ कार्तिक २०८३, मंगलबार

एसईई: मोरङबाट समाजिक विषयको परीक्षा दिने १९९ जना नक्कली परीक्षार्थी पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । बिहीबार मोरङका विभिन्न परीक्षा केन्द्रबाट १९९ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत अर्काका नाममा सामाजिक विषयको परीक्षा दिन लागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारीअनुसार केराबारीस्थित सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना नक्कली परीक्षार्थी प्रकाउ परेका छन् ।

त्यस्तै झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैचाको जनता मावि केन्द्रबाट २० जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।