
काठमाडौं, २३ चैत । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ ।
बुधबार रेकर्ड ब्रेक गरेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा आठसयले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँका कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रूपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।















प्रतिक्रिया