३० कार्तिक २०८३, सोमबार

विवादका कारण स्थागित स्ववियु निर्वाचन चैत ३० गते हुने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । विद्यार्थी संगठनको विवादका कारण स्थगित भएको स्ववियु निर्वाचन यही ३० चैतमा गर्ने सहमति भएको छ ।

संयुक्त विद्यार्थी संगठनबीच बिहीबार बसेको बैठकपछि यस्तो सहमति भएको हो । त्रिभुवन विश्वविद्यालय अन्तरगतका आंगित तथा सम्बन्धन प्राप्त अधिकांश क्याम्पस गत ५ चैतमै स्ववियू निर्वाचन भइसकेको छ ।

विद्यार्थीबीच उत्पन्न विविध विवादका कारण कतिपय क्याम्पसमा निर्वाचन हुनसकेको थिएन । ३० चैत हुने निर्वाचनमा भने निर्वाचन विथोलिने तथा भाँडिने गरि कुनै गतिविधि नगर्ने विद्यार्थी संगठनबीच सहमति भएको छ ।

निर्वाचनको बिषयलाई लिएर गरिएका तालावन्दी सम्बन्धित प्रशासनको सहयोग खोलिने पनि उनीहरुबीच सहमति भएको छ ।

बिहीबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ,‘देशभरका निर्वाचन हुन बाँकी रहेका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा निर्वाचन गर्ने, निर्वाचन विथोलिने खालका गतिवधि नगर्ने र निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालावन्दी गरियो भने प्रशासनको सहयोगमा तोडी प्रकृया अघि बढाउन संयुक्त विद्यार्थी संगठन प्रतिवद्ध छ ।’