३० कार्तिक २०८३, सोमबार

सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । सत्ता गठबन्धनमा सहभागि दलले आज बिहीबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछन् ।

न्यूनतम साझा कार्यक्रम निर्माणका लागि सत्ता साझेदार दलले विशेष कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसका तर्फबाट रमेश लेखक, माओवादी केन्द्रका तर्फबाट शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी)बाट विजय पौडेल सहभागि छन् । सत्ता साझेदार दलबीच गत मंगलबार बैठक बसेको थियो । उक्त बैठकमा न्यूनतम साझा कार्यक्रमको सन्दर्भमा छलफल भएको थियो ।

कार्यदलले विशेषगरी सम्वन्धित दलले निर्वाचनका बेला गरेको घोषणा पत्रलाई अध्ययन गरी न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । कार्यदललाई न्यूनतम ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउन दलका शिर्ष नेताले निर्देशन दिएका छन् । सोही निर्देशन अनुसार कार्यदलले सरकारको निती तथा कार्यक्रमको मस्यौदा तयार गरेको हो । मस्यौदालाई आज बस्ने सत्ता गठबन्धनको बैठकले अन्तिम रुप दिने र सार्वजनिक गर्ने बताइएको छ ।