३० कार्तिक २०८३, सोमबार

आजको मौसम: कर्णाली प्रदेशमा आंशिक बदली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । आज बिहीबार कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने सम्भावना रहेको छ ।

त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भने मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ । उक्त स्थानमा चट्याङ पर्न सक्ने पनि महाशाखाको अनुमान छ ।

त्यस्तै, बिहीबार राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।