
काठमाडौं, २३ चैत । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका मार्खु स्थित इन्द्रसरोवर तालमा बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।
काठमाडौं दक्षिणकाली नगरपालिका-३ का ३५ वर्षीय राज कुमार सुवेदीको शव परेको हो ।
मंगलबार र्याफटिङ गर्ने क्रममा तालमा हामफाली बेपत्ता सुवेदीको शव सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गएको गोताखोरले फेला पारेको हो ।
सुवेदीको शव ४५ फिटको गहिराइबाट निकालिएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ ।















प्रतिक्रिया