
काठमाडौं, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादमा क्लिन चिट दिने निर्णयविरूद्व परेको रिटमा सर्वोच्च अदालतले बुधबार कारण देखाउ आदेश जारी गरेको छ ।
युवराज पौडेल सफलले महान्यायाधीवक्ताको कार्यालयसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । रिटमा सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारण सहित यो आदेश प्राप्त भएको मितिले बाटोका म्याद बाहेक १५ दिन भित्र विपक्षी नं. १, २, ३, ४, ५, ६ र ७ को हकमा महान्यायाधिवक्ताको कार्यालय मार्फत र विपक्षी नं. ८ को हकमा आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी म्याद सूचना जारी गरी सो को बोधार्थ महान्यायाधिवक्ताको कार्यालयलाई दिई म्याद भित्र लिखित जवाफ परे वा अवधि नाघे पछि नियमानुसार पेश गर्नु ,’ सर्वोच्चले आदेशमा भनेको छ ।

















प्रतिक्रिया