१ कार्तिक २०८३, शनिबार

विश्वकप क्रिकेट छनोट खेल्ने ९ टोली तय

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । जिम्बावेमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोट खेल्ने १० मध्ये ९ टोलीको टुङ्गो लागेको छ ।

आगामी जुन १८ तारिखबाट सुरु हुने विश्वकप छनोटमा श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड, युएई र अमेरिकाले स्थान पक्का गरेका छन् ।

श्रीलंका, वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर लिगबाट पुछारमा रहँदै सोझै विश्वकप खेल्ने अवसर गुमाएका छन् । यी चार टोलीले अब विश्वकप खेल्न छनोट प्रतियोगिता खेल्नु पर्नेछ ।

अब सुपर लिगबाट आयरल्यान्ड र दक्षिण अफ्रिकामध्ये एक टोलीले विश्वकप छनोटमा स्थान बनाउने छन् । सुपर लिगमा रहेका आयोजक भारतसहित शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाएका छन् ।