
काठमाडौं, २२ चैत । भारतीय राज्य सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीसहित सात जनाको मृत्यु भएको छ ।
सिक्किम सरकारले विज्ञप्ति जारी गर्दै नाथुला जेएनएम सडक नजिक हिमपहिरोमा परेर तीनजना नेपालीसहित ७ जनाको मृत्यु भएको जनाएको हो ।
मृत्यु हुने तीन नेपालीहरूमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीको मुना शाह श्रेष्ठ रहेका छन् । नेपालबाट घुम्न गएका उनीहरू हिमपहिरोमा परेका हुन् । तीनै जनाको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।
यसैगरी हिमपहिरोमा परेर १३ जना घाइते भएको सिक्किम सरकारले जनाएको छ ।













प्रतिक्रिया