३० कार्तिक २०८३, सोमबार

कोरोना संक्रमण पुष्टिपछि सीमामा कडाइ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खलङ्गा, २२ चैत । दार्चुलामा एक २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सीमामा कडाइ गरिएको छ ।

भारतको चेन्नइबाट घर फर्किएका नौगाड गाउँपालिका–३ का पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । सिमानाका पुलघाटमा भारतबाट फर्किएका ती पुरुषको एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

सूचना अधिकारी कार्कीका अनुसार कोरोना पुष्टि भएका उनलाई होम आइसोलेसनमा बस्नेगरी घर पठाइएको छ । भारतमा कोरोना संक्रमण बढ्न थालेको छ । भारतमा मजदुरी गरी घर फर्किनेहरुमा कोरोना संक्रमण देखिन थालेको उनले बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमामा कडाई गरीएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

नयाँ वर्ष विशु पर्व नजिक आउँदै गरेकाले भारतका विभिन्न ठाउँमा रहेका नेपाली पर्व मनाउन घर फर्किने क्रम बढ्दो छ । यसलाई ध्यानमा राख्दै कोरोना परीक्षण गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिए ।