
कास्की, २१ चैत । कास्कीको पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठामै आत्मदाह गरेका हुन् ।
प्रहरीका अनुसार अर्यालले शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् । प्रहरी पुग्दा घरको कोठा भित्रबाट चुकुल लगाइएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले जानकारी दिए ।
उनका अनुसार मंगलबार दिउँसो साढे ३ बजे प्रहरी पुग्दा शरीर जलेको अवस्थामा शव भेटिएको थियो ।















प्रतिक्रिया