
काठमाडौं, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेर सबैलाई सकाउँछ भनेर आफूमाथि षड्यन्त्र भएको बताएका छन् ।
चितवनको भरतपुरमा आयोजित उपनिर्वाचन लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आफूले गृहमन्त्रालयमा रहँदै धेरै तस्करहरुको फाइल खोलिरहेकामा आफूमाथि षड्यन्त्र भएको बताएका हुन् ।
जनतालाई सधैँ गरिबीमा राखिरहने सपना राष्ट्रिय स्वतन्त्र पार्टीले चकनाचुर पारेपछि सिध्याउन लागि परेका उनले बताए । उनले यो पटक एकको बदला तीन लिएर संसदमा जाने दाबी गरे ।
अबको पाँच वर्षमा रास्वपाको एकल सरकारलाई कसैले रोक्न नसक्ने उनले बताए ।















प्रतिक्रिया