३ कार्तिक २०८३, मंगलबार

मिटरब्याजी पीडितको समस्या समाधानका लागि तीन सदस्यीय समिति गठन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । सरकारले मिटरब्याजी पीडितको समस्या समाधानका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरेको हो ।

समितिमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमबहादुर सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल रहेका छन् ।

समितिलाई मिटरब्याज पीडितहरूको समस्या समाधान हुने गरी ठोस र व्यवहारिक प्रतिवेदन तयार पार्नका लागि ३ महिनाको समय दिइएको छ ।