३ कार्तिक २०८३, मंगलबार

सञ्चार माध्यम कसैको भजन मण्डली बन्ने होइन: सञ्चारमन्त्री शर्मा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार माध्यम भजन मण्डली बन्न नहुने बताएकी छिन् ।

रेडियो नेपालको ७३औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले देशको सूचना प्रवाह गर्ने क्षेत्र भजन मण्डली नभई जनताको आवाज बन्नु पर्ने बताएकी हुन् ।

‘भजन मण्डली हुनु हुदैँन भन्ने मान्यताअन्तर्गत प्रसारण ऐन जसरी संसद्मा गएको छ । त्यो पारित भएपछि नयाँ वातावरण हुने छ’, उनले भनिन् ।

सञ्चारमाध्यममा देखिएका समस्याहरू समाधान गर्न मन्त्रालय सधैँ तत्पर रहेको उनको भनाई छ । उनले रेडियो नेपालको समग्र विकासका लागि मन्त्रालय तयार रहेको बताइन् ।

‘नयाँ तरिकाले काम गर्न के समस्या छ ? बजेटको समस्या, कानूनको समस्या, मन्त्रालयको सहजीकरणको समस्या के छ ? समस्याहरूलाई सूत्रबद्ध गरेर त्यो समस्यालाई फुकाउन मन्त्रालय सधैँ तत्पर छ हामी सधैँ अगाडि छौ । समस्याको सहजीकरण गर्न हामी तयार छौँ, उनले भनिन् ।