
काठमाडौं, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरूद्वको सर्वोच्च अदालतमा परेको उजुरीको सामना गर्न तयार रहेको बताएका छन् ।
सोमबार चितवन पुगेर उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराउँदै लामिछानेले उजुरी हाल्ने छुट रहेको भन्दै आफू सामना गर्न तयार रहेको तर अपराध कत्रो भन्नेमा विवेक पुर्याउनुपर्ने बताएका हुन् ।
आफूले न्यायिक प्रक्रियालाई कहिल्यै नजरअन्दाज नगरेको बताउँदै उनले आफू फेरि कठघरामा उभिन तयार रहेको बताए ।
आफ्नो मानवीय त्रुटिका कारण चितवन-२ का जनताले दु:ख पाएको भन्दै उनले आफ्नो भागमा पर्ने लिन तयार रहेको बताए ।
‘मेरो भागको कति हो भनेर बताइदियो भने मेरो भागको म लिन तयार छु । मानवीय त्रुटि नहुने भन्ने होइन । हरेक मान्छेका हुन्छन् । म सर्वज्ञ छैन, केही अनभिज्ञताहरू छन्,’ उनले भने ।















प्रतिक्रिया