
काठमाडौं, २० चैत । चितवन क्षेत्र नम्बर-२ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार बिहान निर्वाचन अधिकृतको कार्यालयमा पुगेर रविले उम्मेदवारी दर्ता गराएका हुन् । यसैबीच, चितवन २ मा अन्य पार्टीका उम्मेदवारलाई आच्छुआच्छु पारिरहेका रवि उपनिर्वाचनमा झनै बलियो बनेका छन् ।
नेपाली कांग्रेसका विद्रोही नेता जगन्नाथ पौडेलले सो क्षेत्रमा रविलाई सघाउने भएपछि रवि झनै बलियो बनेका हुन् । पौडेलले रवि लामिछानेलाई सघाउने निर्णय गरेको जानकारी दिएका हुन् ।
‘यहाँ सबैको हात बाँधिएका छन् । तर म स्वतन्त्रता प्रेमी व्यक्ति हुँ । लामो समय आन्दोलनमै जीवन बित्यो । अब छोटो समयमा परिवर्तनको आवश्यकता छ । त्यो रूपान्तरणका लागि उपयुक्त टिमको आवश्यकता छ । त्यो टिममा ऊर्जावान् व्यक्तिको आवश्यकता छ । त्यो समूह भनेको स्वतन्त्र पार्टीको समूह हो । उहाँहरूलाई सहयोग गर्दा देशले निकास पाउँछ ।’ उनले भने ।















प्रतिक्रिया