
काठमाडौं, २० चैत । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले उपनिर्वाचन नलड्ने भएको छ ।
उपनिर्वाचनको लागि आज सोमबार उम्मेदवारी दर्ता हुँदै गर्दा माओवादीले कुनै पनि क्षेत्रमा उम्मेदवारी नदिने बुझिएको छ ।
आउँदो बैशाख १० गते तनहुँ–१, बारा–२ र चितवन–२ गरी तीन वटा क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । सो क्षेत्रमा आज उम्मेदवारी दर्ता हुँदैछ ।
सत्तारुढ माओवादीले उम्मेदवारी नदिई १० दलीय सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताइएको छ । तर कुन क्षेत्रमा कुन गठबन्धनलाई सहयोग गर्ने भन्ने बारे माओवादीले निर्णय गरेको छैन् । सत्ता गठबन्धनको नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (जसपा)ले उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ ।
यता प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले भने तीनवटै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ । यसैगरी प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि तीनवटै क्षेत्रमा उम्म्मेदवारी दिने बताइएको छ ।












प्रतिक्रिया