३ कार्तिक २०८३, मंगलबार

काँग्रेसको पार्टी कार्यालय सानेपामा लफडा

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । काँग्रेसको पार्टी कार्यालय सानेपामा लफडा भएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि नेविसंघका कार्यकर्ताहरुले कार्यालयमा गएर नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

नेविसंघका सभापति दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गर्दै नेविसंघका कार्यकर्ताहरुले कार्यालयमै पुगेर नाराबाजी गरेका हुन् । शेर्पालाई बर्खास्त गर्न माग गर्र्दै पार्टी कार्यालयमा शनिबारदेखि रिले अनशनसमेत जारी छ ।

शेर्पालाई बर्खास्तसँगै उनले गरेका सम्पूर्ण चिठी खारेजी र संगठनको १२औँ महाधिवेशन सुनिश्चित गरिनुपर्ने माग उनीहरुले राखेका छन् ।

अहिले पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।