३ कार्तिक २०८३, मंगलबार

काठमाडौंबाट दुबई उड्न लागेको जहाजका पाइलटलाई पखाला लागेपछि…

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । शनिबार राति काठमाडौंबाट दुबई उड्न तयारी अवस्थामा रहेको जहाजका पाइलटको स्वास्थ्यमा समस्या आएपछि उडान नै रद्द भएको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडीका पाइलटलाई पखाला लागेपछि उडान नै रद्द भएको हो । दिल्लीबाट काठमाडौं आउने क्रममा क्याप्टेन योगेश हिराचन र को-पाइलट गोपालसिंह विष्टले खाएका खानाले ‘फुड प्वाइजन’ गराएपछि को-पाइलट विष्टले ‘सिक रिपोर्ट’ गरेका थिए ।

अर्को जगेडा पाइलट नपाउँदा उडान नै रद्द गर्नुपरेको विमानस्थल प्रशासनले जानकारी दिएको छ । उडान रद्द हुँदा काठमाडौंबाट दुबई जाने र दुबईबाट काठमाडौं आउने ५ सय ४३ यात्रु अलपत्र परेका थिए ।

अन्तिम समयमा उडान रद्द भएपछि राति १२ बजे दुबईका लागि तय गरिएको उडान नम्बर– आरए २२९ बाट उड्न बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रुलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलहरुमा राखिएको थियो ।

यस्तै, दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौंका लागि तय भएको यसै विमानको उडान आरए २३० उडान पनि रद्द भएको छ ।

उक्त उडानबाट काठमाडौं आउने यात्रुलाई पनि दुबईमा रहेको निगमको स्टेसनले निगमकै खर्चमा होटलमा राखेको थियो ।