
काठमाडौं, १९ चैत । आज आइतबार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै, आइतवार राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ ।











प्रतिक्रिया