
मकवानपुर, १९ फागुन । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
गत चैत १० गते प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिएका जम्कट्टेलले आइतबार नेपाली कांग्रेससहितका सत्ता गठबन्धनका दलहरुलाई सहभागि गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।
प्रदेश सरकारमा नेपाली कांग्रेसलाई ५ मन्त्रालय दिने गरी सहमति नजिक पुगेको बताइएको छ ।
यसैगरी, नेकपा एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई एक–एक मन्त्रालय दिने तयारी रहेको छ । तर कुन पार्टीले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन् ।
यसबारे मन्त्रालय भागबन्डाको लागि निर्माण गरिएको कार्यदलले आजै टुंगो लगाउने तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेश सरकारमा कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुर सिंह लामाले नेतृत्व गर्ने बुझिएको छ ।
११ मन्त्रालय रहेको प्रदेश सरकारमा यसअघि मुख्यमन्त्री सहित ४ मन्त्रालय नेकपा माओवादी केन्द्रको भागमा रहेको छ ।












प्रतिक्रिया