
काठमाडौं, १८ चैत । ट्राफिक प्रहरीले लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने चार चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बा ५ ख ८४५५ नम्बरको टिपर चालक २४ वर्षीय कुमार कार्की, बा ४ ख ७३४७ नम्बरको टिपर चालक ३३ वर्षीय विजय तामाङ, बा १ ज ८९६१ नम्बरको ट्याक्सी चालक २३ वर्षीय ईन्द्र बहादुर बस्नेत र बागमति प्रदेश–०३–००१ ख १००४ नम्बरको लहरी चालक २६ वर्षीय अर्जुन लामा रहेका छन् ।
कोटेश्वर क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलिले शुक्रबार राति १० देखि १२ बजेसम्म कोटश्वर सडक खण्डमा विशेष चेकजाँच गरेको थियो । यसक्रममा २१ सवारी साधन चेकजाँचमा परेकका थिए ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई ट्राफिक प्रहरीले विगतदेखि नै कारबाही गर्दै आएको छ ।
पछिल्लो पटक लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई पनि ट्राफिक प्रहरीले पक्राउ गर्दै आएको छ । लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना हुने सम्भावना धेरै भएको हुँदा विशेष चेकजाँच अभियान तिब्र पारिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।















प्रतिक्रिया