
काठमाडौं, १८ चैत । रिपोर्टर्स क्लब नेपालको रजत महोत्सवमा यस वर्षको उत्कृष्ट युवा फोटो पत्रकारिता पुरस्कारबाट फोटो पत्रकार राजन काफ्ले सम्मानित भएका छन् ।
रिपोर्टर्स क्लबले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव (रजत महोत्सव)को अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा काफ्लेलाई नगद २५ हजार रुपैयाँ सहित सम्मान गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
डेढ दशकदेखि पत्रकारितामा सक्रिय काफ्ले नेपाल टेलिभिजन, च्यानल नेपाल, कान्तिपुर टेलिभिजन हुँदै विभिन्न अनलाइन तथा छापा माध्यममा काम गरिसकेका छन् ।
विगतमा चलचित्र पत्रकारिता हुँदै वृत्तचित्र निर्देशन तथा छांयाकनमा सक्रिय काफ्ले हाल रंगकर्ममा समेत सक्रिय छन् ।
उनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा देखिनै स्वकीय फोटो ग्राफरका रुपमा रहेर काम गरिरहेका छन् । कला, खेलकुद तथा ल्याण्ड्सकेप फोटोग्राफीमा समेत दख्खल राख्ने काफ्ले फोटोग्राफि प्रशिक्षणमा समेत सक्रिय छन् ।















प्रतिक्रिया